सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोहलपुर घटनाको छानबिनका लागि गृहमन्त्रालयलाई आग्रह गरिने

कोहलपुर घटनाको छानबिनका लागि गृहमन्त्रालयलाई आग्रह गरिने

बाँकेको कोहलपुरमा आइतबार ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयलाई आग्रह गरिने भएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

बाँके- बाँकेको कोहलपुरमा आइतबार ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयलाई आग्रह गरिने भएको छ।

सोमबार कोहलपुरमा स्थानीय प्रशासनले सर्वपक्षीय भेला बोलाएर घटनाबारे छलफल गरेको थियो।

छलफलमा उपस्थित भएको राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीले घटनाको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयलाई अनुरोध गर्नुपर्ने धारणा राखेका थिए।

आइतबार भएको घटनामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा थुप्रै विद्यार्थी घाइते भएका थिए।

ट्रकले ठक्कर दिएर विद्यालयको गेटैमा विद्यार्थी गम्भीर घाइते भएपछि आक्रोशित विद्यार्थीहरुले ट्रकमा आगजनी गर्नुका साथै तोडफोडमा उत्रिएका थिए।

त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन हवाई फायर गर्नुका साथै विद्यालय हातामै प्रवेश गरेर विद्यार्थी तथा शिक्षकहरुलाई लछारपछार गरेको थियो।

घटनाले विकराल रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो।

उक्त घटनाबारे छलफल गर्न सोमबार बसेको सर्वपक्षीय छलफलमा स्थानीयवासीहरुले झडपका क्रममा भएको क्षति राज्यले बेहोर्नुपर्ने, घाइते विद्यार्थी र प्रहरीको उपचार पनि राज्यले गरिदिनुपर्ने माग गरेका छन्।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएको थियो।

प्रकाशित: Dec 09, 2019| 13:22 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।