सोमबार, भदौ १, २०८३

हृदयघातबाट तनहुँका एक वडा सदस्यको मृत्यु

जिल्लाको ब्यास नगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको सोमबार हृदयघातका कारण मृत्यु भएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

तनहुँ- जिल्लाको ब्यास नगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको सोमबार हृदयघातका कारण मृत्यु भएको छ।

वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको उपचारका लागि दमौली अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

‘बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै थियो’, ब्यासनगरपालिका—१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भने, ‘कुर्चीमा बस्नु भएका पोख्रेल अकस्मात बेहोस हुनुभयो।’

‘वडा सदस्य पोख्रेल शुरुदेखि नै प्रेसर र दमको समस्या रहेछ’, उनले भने।

अध्यक्ष रुचाल पक्राउ

नेत्रविक्रम चन्द निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका—१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। रासस

प्रकाशित: Dec 09, 2019| 13:05 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।