सोमबार, माघ ५, २०८२

विराज महर्जनको रेकर्डमा किरण चेम्जोङको बराबरी

बिहीबार नेपाली राष्ट्रिय टिमको कप्तान एवम् गोलकिपर किरण चेम्जोङ भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिएका छन्। यो खेलसँगै उनले राष्ट्रिय टिमबाट ७३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- नेपाली फुटबल राष्ट्रिय टिमका पूर्वकप्तान एवम् डिफेन्डर विराज महर्जनले गत चैतमा काठमाडौंमा सम्पन्न 'थ्री नेसन्स कप'को फाइनलमा अन्तिम खेल खेले।

National life

कपको फाइनलमा बंगलादेशलाई हराएर उपाधि जितेसँगै ८५औं मिनेटमा मैदान छिरेका महर्जनले सोही खेलबाट संन्यास लिएका थिए। राष्ट्रिय टिमको उनको त्यो खेल ७३औं खेल थियो।

घरेलु भूमिमा विजेता भएसँगै संन्यास लिएका विराजले राष्ट्रिय टिमबाट सर्वाधिक खेल्ने खेलाडीको रेकर्ड सुधार गरेका थिए। विराजले राष्ट्रिय टिमका तत्कालीन खेलाडी राजुकाजी शाक्यले बनाएको ६८ खेलको रकर्ड तोडेका थिए।

यता थ्री नेसन्स कपको फाइनल खेलमा कप्तान किरणले आफ्नो जीवनको ६८औँ खेल खेल्दै राजुकाजीको खेल संख्यासँग बराबरी गरेका थिए। त्यसपछि उनले कुवेत, चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्दै आफ्नो खेल यात्रा ७२ खेलसम्म पुर्‍याएका थिए।

किरणले २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपबाट अफगानिस्तानविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले तर त्यो खेल सुखद् रहेन। उनको मुखमा चोट लाग्यो। आज पनि उनी त्यो दिन सम्झिन्छन् ‘त्यो खेलमा त मलाई चोट लागेको थियो नि। त्यसपछि म खेलमा ब्याक हुन्छु वा हुन्नँ भन्ने नै थाहा थिएन।' 

Laxmi sunrise bank
kumari

बिहीबार नेपाली राष्ट्रिय टिमको कप्तान एवम् गोलकिपर किरण चेम्जोङ भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिएका छन्। यो खेलसँगै उनले राष्ट्रिय टिमबाट ७३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। त्ससैले उनले पूर्वकप्तानले बनाएको रेकर्डसँग बराबरी गरेका छन्। ‘चोट निको भएपछि फेरि खेल्न सकेँ र, नयाँ रेकर्ड बनाउँदैछु,’ उनले खेलअघि भनेका थिए, ‘तर कीर्तिमान बन्दै जान्छ। खेलमा जित मुख्य कुरा हो।’

गोलकिपर किरणको खेल राम्रो देखेका मूख्य प्रशिक्षक अब्दूल्लाह अलमुताइरीले भारतविरुद्धको कप्तानी गर्ने र गोलकिपरको जिम्मा किरणलाई दिने बताइसकेका थिए। ‘उनले नै मैत्रीपूर्ण खेलमा नेपालको लिड गर्नुपर्ने छ। साथै साफ च्याम्पियन्सिप र एसिया कपको छनोटमा पनि कप्तान किरणले कप्तानी गर्नेछन्,’ अलुमताइरीले खेलअघि भनेका थिए। किनभने उनी नेपाली टिमका स्टार खेलाडी हुन् भने उत्कृष्ट गोलकिपर पनि।

कप्तान किरणले पछिल्लो अन्तर्राष्ट्रिय विन्डोमा लोकप्रिय एसियाली खेलाडीको अवार्ड पनि जितेका थिए। पछिल्लो सिजनको भारतको घरेलु फुटबल लिगमा राउन्डग्लास पञ्जाबबाट खेलेका लिम्बू त्यहाँको लिगमा सर्वोत्कृष्ट गोलकिपर बनेका थिए।

५ वर्षपछि घरेलु फुटबलमा ब्याक भएका लिम्बूले नेपालमै आयोजना हुने एक महिनाको लिगमा सहभागी हुन लागेकोमा खुसी व्यक्त गरेका थिए। २००८ मे २४ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले घरेलु लिगमा मछिन्द्र क्लब, थ्री स्टार, चिटहोङ आबहानी, मनाङ मर्स्याङ्दी बाट खेलेका थिए। उनले विदेशी क्लब टीसी स्पोर्ट्स, मिनरवा पन्जाबबाट पनि खेलिसकेका छन्।

पछिल्लो सिजनको आई लिगमा लिम्बू लिग उपाधि जित्दै बेस्ट गोलकिपर बनेका थिए। उनले सहिद स्मारक ए डिभिजन लिग, राष्ट्रिय लिग र माल्दिभ्सको द्विवेही प्रिमियर लिगको पनि उपाधि जितेका छन्।

उनी चार छुट्टाछुट्टै लिगमा उत्कृष्ट गोलकिपर बनिसकेका छन्। त्यस्तै, २०१२ मा भारतमा आयोजित नेपाल भारतको एक खेलमा म्यान अफ दि म्याच भएका थिए। मुम्बईमा उनले गरेको प्रदर्शनले उनलाई भारतमा पनि चर्चामा ल्याएको थियो।

तर त्यसको पाँच वर्षपछि मात्र उनी विदेशी लिग खेल्न पुगेका थिए। उनले २०१७ मा माल्दिभ्सको टीसी स्पोर्टस क्लबबाट खेलेका थिए भने त्यसको अर्को वर्ष मिनर्वा पञ्जाबबाट खेलेका थिए। अर्को सिजन पुनः माल्दिभ्स पुगेका किरण पछिल्लो सिजन राउन्डग्लास पञ्जाब (मिनर्वा पञ्जाबको नयाँ नाम) बाट आई लिग खेलेका थिए।

प्रकाशित: Sep 02, 2021| 17:44 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।