काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) सोमबार दोहोरो अंकले उकालो लागेको छ। साताको पहिलो दिन आइतबार पनि बजार तीन अंकले उकालो लागेको थियो।
सोमबार बजार १३.५१ अंकले बढेर ११४८.८९ अंकमा अडिएको छ। यसदिन अन्य र म्याचुअल फन्ड बाहेक सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ।
विषेशगरी लघुवित्तमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। सोमबार लघुवित्त समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । नेडेप लघुवित्त वित्तिय संस्था, नेपाल सेवा लघुवित्त वित्तिय संस्था, सुमित लघुवित्त वित्तिय संस्था, समता माइक्रोफाइनान्स वित्तिय संस्था लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।
सोमबार गुमाउनेमा नबिल इक्वीटी फन्ड, सिभिल बैंक, एनआइसी एसिया ब्यालेन्स फन्ड, ग्लोवल आइएमई समुन्नत स्कीम १का लगानीकर्ता रहेका छन्। दिनभर सबैभन्दा बढी कारोबार नेपाल बैंक, एनएमबी बैंक, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, स्वावलम्बन वित्तिय संस्था लगायतको भएको नेप्सेले जनाएको छ।
यसदिन दिनभर १४ लाख ५९ हजार कित्ता सेयर ४६ करोड ४२ लाख रकम बराबरमा कारोबार भएको छ।