काठमाडौं– नेपाली बालिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले आर्थिक प्रलोभन देखाई नेपाली बालिकालाई यौन शोषण गरेको आरोपमा ४० वर्षीय ज्यासन लोइड मोड्डीलाई पक्राउ गरेको हो।
तीन नेपाली बालिकासहित आपत्तिजनक अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक मेमोरियल गेष्ट हाउसबाट मोड्डीलाई पक्राउ गरेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। उनीविरुद्ध जबरजस्ती करणी कसूर अन्तर्गत अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए।
साथै प्रहरीले उनको साथबाट तीन थान राहदानी, ल्यापटप एक थान, चार थान मोबाइल, विभिन्न बैंकहरुको एटीएम कार्ड तथा चेकको स्लिपहरु, विश्वभाषा क्याम्पसबाट जारी भएको परिचयपत्र बरामद गरेको जनाएको छ।