सोमबार, भदौ १, २०८३

रुसलाई ओलम्पिक र फुटबल विश्वकपमा प्रतिबन्ध

वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई सबै प्रमुख खेल प्रतियोगिताबाट चार वर्षका लागि प्रतिबन्ध लगाएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं-  वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई सबै प्रमुख खेल प्रतियोगिताबाट चार वर्षका लागि प्रतिबन्ध लगाएको छ। यसको अर्थ आगामी वर्ष टोक्योमा हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने फुटबल विश्व कपमा रूसको झंडा फहरिने छैन भने राष्ट्रगान पनि बजाइने छैन ।

यद्यपि, जो खेलाडी डोपिङ काण्डदेखि बाहिरै रहेको सावित गर्न सफल हुनेछन् उनीहरुलाई स्वतन्त्ररुपमा खेल प्रतियोगितामा भाग लिन दिइने वाडाले जनाएको छ।

स्विटजरल्याण्डको लुसानेमा बसेको वाडाको कार्यकारी समिति बैठकले रुसलाई प्रतिबन्ध लगाउने सर्वसम्मत निर्णय गरेको हो ।

यसअघि सन् २०१४ को शीतकालीन ओलम्पिकका बेला पनि रुसमाथि प्रतिबन्ध लागेपछि रुसका खेलाडीले एक तटस्थ झण्डाकाे मुनी रहेर प्रतियोगितामा भाग लिएका थिए ।

वाडाको यो निर्णय रुसको एन्टी डोपिङ एजेन्सी (रुसाडा) को गलत व्यवहारपछि आएको हो । जनवरी २०१९ मा रुसाडाले संस्थागत रुपमा डोपिङ कार्यक्रम चलाएको र महत्वपूर्ण डेटा हेरफेर गरेको आरोप लागेको थियो ।

यो प्रतिबन्धले रुसलाई यूरो २०२० फुटबलमा भाग लिनबाट भने रोक्ने छैन । यूरो २०२० रुसकै सेन्ट पीट्सबर्गमा हुने तय भएको छ भने यूरोपियन फुटबलको गभर्निङ बडीले यूएफालाई 'मुख्य खेल संगठन' मान्दैन।

प्रकाशित: Dec 09, 2019| 11:05 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।