आइतबार, चैत ८, २०८२

नेपालमा एक करोड ९२ हजार मात्रा खोप लगाइयो

नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो।

सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन्। हालसम्म नेपालमा भोरोसेल, ‘जे एन्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्विडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ। यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ।

प्रकाशित: Sep 02, 2021| 14:07 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्