काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ। आज (सोमबार) पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले यही मंसिर २९ गतेदेखि स्थायी कमिटी बैठक आह्वान गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
एक वर्षयता नेकपाको स्थायी कमिटी बैठक बसेको छैन। गत वर्ष मंसिर अन्तिम साता नेकपाको स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका थिए।