सोमबार, भदौ १, २०८३

पञ्जीकरण विभागले माग्यो ६ सय कर्मचारी

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि कर्मचारी माग गरेको हो।

विभागले ६ जिल्लामा करिब ६ सय कर्मचारी आवश्यक भएको जनाउँदै आवेदन आह्वान गरेको हो। विभागले झापामा १६४, ललितपुरमा ११७, कञ्चनपुरमा ९१, संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जना कर्मचारी माग गरेको छ । कर्मचारीहरु करारमा भर्ना गरिनेछ । दरखास्तका लागि पुस ७ गतेसम्मको मिति तोकिएको छ।

प्रकाशित: Dec 09, 2019| 09:56 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।