सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालय व्यक्तिकेन्द्रित हुँदैन : मन्त्री ढकाल

स्वास्थ्य मन्त्रालय व्यक्तिकेन्द्रित हुँदैन : मन्त्री ढकाल

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफ्नो मन्त्रालय व्यक्तिकेन्द्रित नभई विधिकेन्द्रित हुने बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यसअघि व्यक्तिकेन्द्रित भएको मन्त्रालयलाई अबका दिनमा विधिकेन्द्रित बनाएर लैजाने बताए।

मन्त्री ढकालले भने, ‘पहिलेजस्तो तालिमका लागि विदेश जाने व्यक्तिहरु एउटै हुँदैनन्, आवश्यकताका आधारमा सबै कर्मचारीलाई समेटिन्छ।’ मन्त्रालयमा भएका अनियमितता न्यूनीकरण गर्दै अन्त्य गर्ने उनले दाबी गरे।

कर्मचारी समायोजन नमिलेकाले स्वास्थ्य मन्त्रालय सबैभन्दा त्यसको मारमा परेको उनको भनाइ छ। मन्त्री ढकालले कर्मचारी समायोजन टुंगोमा पुर्याउन विभिन्न समस्याले सकस भएको पनि बताए। ‘कतिपय कर्मचारीको पद नमिलाई समायोजन गरिएको छ त कतिपयको योग्यताअनुसारको समायोजन भएको छैन। हिजो जो कर्मचारी जुन पदमा थिए, त्यो पदभन्दा तल नझार्ने गरी समायोजन गर्दा दुई हजारको हाराहरीमा समस्या हल गर्न सकिन्छ। बाँकी कर्मचारीको समायोजनको विषयमा छलफल भइरहेको छ।’

गुनासो सम्बोधनका क्रममा मन्त्रालयले एक हजारजतिको व्यवस्थापन गरिसकेको र त्यति नै संख्यामा गुनासो सम्बोधन गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ। मन्त्रालयको कार्यअन्तर्गत कर्मचारी समायोजनको कार्यलाई प्राथमिकतामा राखिएको मन्त्री ढकाल बताउँछन्।

गत चैतमा स्वास्थ्यका करिब २७ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरिएकोे थियो। सूची सार्वजनिक भएसँगै कर्मचारीले समायोजनमा लापरबाही भएको भएको भन्दै असन्तुष्टि जनाएका थिए। मन्त्रालयको कमीकमजोरी सुधार गर्दै अबको ३ महिनामा स्वास्थ्य मन्त्रालयमा सकारात्मक परिवर्तनको अनुभूति गर्न पाउने मन्त्री ढकालले दाबी गरे।

प्रकाशित: Dec 09, 2019| 09:51 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।