सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतसँगको हारलगत्तै महिला फुटबल प्रशिक्षकले दिए राजीनामा

भारतसँगको हारलगत्तै महिला फुटबल प्रशिक्षकले दिए राजीनामा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– महिला फुटबल टिम जारी १३ औं सागअन्तर्गत फाइनलमा भारतसँग पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्। हारको जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको खड्काले सञ्चारकर्मीहरुसँग बताएका छन्।

उनी गत वर्ष जेठमा महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। खड्काकै प्रशिक्षणमा गत वर्ष भुवनेश्वरमा भएको गोल्डकपमा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो। यस्तै खड्काकै प्रशिक्षणमा नेपाली महिला टोली पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको थियो।

नेपाली महिला टोलीले सोमबार भारतसँग २–० ले पराजय भोग्दै रजत पदकमा चित्त बुझाएको छ।

प्रकाशित: Dec 09, 2019| 09:41 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।