सोमबार, भदौ १, २०८३

  कोहलपुरमा निषेधाज्ञा मात्रै

बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी नभइ केही स्थानमा निषेधाज्ञा मात्रै जारी भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको  छ।

निमित्त प्रजिअ कृष्णप्रसाद उपाध्यायका अनुसार कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको हो ।

आइतबार कोहलपुरस्थित त्रिभुवन माविकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नंको ट्रकले किचेपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

विवाद र झडप बढदै जाँदा प्रहरीले रवर गोली र अश्रु ग्यास समेत प्रहार गर्दा केही विद्यार्थी घाइते भए ।

तनावको अवस्थालाई मत्थर पार्न र कुनै ठूलो दुर्घटना हुन नदिन कोहलपुरको केही स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

-यसअघि प्रकाशित समाचारमा 'कोहलपुरमा निषेधाज्ञा' हुनुपर्नेमा अन्यथा भएकोमा क्षमाप्रार्थी छौं ।  

प्रकाशित: Dec 09, 2019| 09:22 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।