सोमबार, भदौ १, २०८३

४४ राउन्ड गोलीसहित दुईजना पक्राउ

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– नुवाकोटबाट प्रहरीले ४४ राउन्ड गोलीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका–७ रातामाटाबाट प्रहरीले गोलीसहित दुई जनालाई आइतबार बेलुकी नियन्त्रणमा लिएको हो।

गोलीसहित पक्राउ पर्नेमा स्थानीय आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर रहेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार उनीहरुलाई प्रहरी चौकी तारुकाको टोलीले पक्राउ गरेको हो। थप अनुसन्धान भैरहेको काप्mलेले जानकारी दिए।

प्रकाशित: Dec 09, 2019| 08:13 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।