सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ च ६९३ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ।

प्रकाशित: Dec 09, 2019| 08:09 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।