शुक्रबार, जेठ १, २०८३

३४ वर्षे युवती बनिन् फिनल्याण्डकी प्रधानमन्त्री

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– फिनल्यान्डमा ३४ वर्षिया साना मरिन प्रधानमन्त्री निर्वाचित भएकी छन्।

National life

त्यहाँका प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि मरिन प्रधानमन्त्री बनेकी हुन्।

योसँगै मरिन विश्वमै सबैभन्दा कम उमेरकी राष्ट्र प्रमुख बनेकी छन् । उनी पछि युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चारुकको नाम आउँछ जो ३५ वर्षका छन् । त्यस्तै, न्यूजिल्याण्डकी प्रधानमंत्री जेसिंडा अर्डर्नको उमेर ३९ वर्ष छ। 

फिनल्यान्डको औद्योगिक क्षेत्रमा भएको हड्तालका कारण यसअघिकी प्रधानमन्त्री रेनीले राजीनामा दिनुपरेको थियो।

सोसल डेमोक्रेटिक पार्टीकी मरिन यसअघि यातायातमन्त्री थिइन्।

फिनल्याण्डमा पाँचवटा पार्टीको मिलिजुली सरकार बनेको छ। र, पाँचवटै पार्टीका अध्यक्ष महिला छन् ।

नवनियुक्त प्रधानमन्त्री मरिनले फिनिस जनताको विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नुपर्ने र आफू त्यसमा दृढ भएर लाग्ने प्रतिबद्धता जनाएकी छन्।

मरिन २७ वर्षकै उमेरमा फिनल्यान्डको औद्योगिक सहर टेम्पुरीको सिटी काउन्सिल प्रमुख बनेकी थिइन्।

प्रकाशित: Dec 09, 2019| 08:05 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।