मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • किया स्पोर्टेज शून्य प्रतिशत ब्याजदरमा किन्न पाइने, मासिक किस्ता ४८ हजार

किया स्पोर्टेज शून्य प्रतिशत ब्याजदरमा किन्न पाइने, मासिक किस्ता ४८ हजार

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– नेपालका लागि कोरियाली कार निर्माता कम्पनी कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले स्पोर्टेज गाडी सरल किस्ताबन्दीमा पाइने अफर ल्याएको छ। कियाले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना ल्याएको हो।

यो योजनाअन्तर्गत मासिक किस्ता न्यूनतम ४८ हजार ३८० रुपैयाँ तिरेर कियाको स्पोर्टेज कार पाइने कम्पनीले जनाएको छ। शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार खरिदका लागि मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट भने गर्नुपर्नेछ। आठ वर्षको किस्ताबन्दीमा यो गाडी किन्न पाइनेछ।

देशभरका किया आउटलेटबाट यो एसयूभी खरिद गर्दा किस्ताबन्दी सुविधा पाइने कम्पनीले जनाएको छ। काठमाडौंमा गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट छन्। किस्ताबन्दी योजना आगामी जनवरी १५ सम्मका लागिमात्रै भएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा ७८ लाख ९५ हजारदेखि १ करोड १० लाख रुपैयाँसम्मका विभिन्न मोडलका किया स्पोर्टेज गाडी उपलब्ध छन् ।

प्रकाशित: Dec 09, 2019| 07:34 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्