सोमबार, भदौ १, २०८३

कार दुर्घटनामा बैंकका शाखा प्रबन्धकको मृत्यु

कपिलवस्तुको बाणगंगा–८, बोडगाउँ नजिकै कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका वनगाई शाखा प्रबन्धकको ज्यान गएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– कपिलवस्तुको बाणगंगा–८, बोडगाउँ नजिकै कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका वनगाई शाखा प्रबन्धकको ज्यान गएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा८च ६३९० नम्बरको कार विद्युत पोलमा ठोक्किँदा कपिलवस्तु नगरपालिका–९, हरनामपुरका ३० वर्षीय सुरेश पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ। कार तीव्र गतिका कारण सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किएको प्रहरीले जनाएको छ। कार पाण्डेले नै चलाएकाे प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको बाणगंगास्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य तीन घाईतेको वाणगंगामा रहेको सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, पिपराले जनाएको छ।

सोमबार नै बहिनीको विवाह रहेकाले पाण्डे बिहानैदेखि विवाहको व्यवस्थापनमा जुटेका थिए।

प्रकाशित: Dec 09, 2019| 07:36 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।