शुक्रबार, असार ६, २०८२

‘वन्डर वुमन १९८४’ को टिजर रिलिज

हलिवुड अभिनेत्री गल गडट अभिनित फिल्म वन्डर वुमन १९८४ को टिजर रिलिज भएको छ।
 |  सोमबार, मंसिर २३, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

vianetvianet

हलिवुड अभिनेत्री गल गडट अभिनित फिल्म वन्डर वुमन १९८४ को टिजर रिलिज भएको छ।

टिजरको सुरुमा गललाई ‘एक्सन’ भूमिकामा देख्न सकिन्छ। उनले इन्स्ट्राग्राममा टिजर सेयर गरेकी छन्।

अभिनेत्री गडट यस फिल्ममा प्रिन्स डायनाको भूमिकामा देखा परेकी छन्।

फिल्म आगामी जुन ५ मा रिलिज हुनेछ। फिल्ममा गललाई फरक भूमिकामा देख्न पाइनेछ।

गलको पछिल्लो फिल्म वन्डर वुमनले विश्वभर ८२१.८ मिलियन डलर आम्दानी गरेको थियो।

तर वन्डर वुमनका बारेमा विवाद पनि धेरैतिरबाट भएको थियो। लेबनानले यो फिल्ममा प्रतिबन्ध नै लगाएको थियो।

संयुक्त राष्ट्रसंघले गललाई महिला सशक्तीकरणका लागि सद्भावदूत बनाएपछि विवाद झन् चुलिएको थियो।

गल हलिवुडमा एक्सन अभिनेत्रीका रूपमा चिनिन्छन् ।

टिजर हेर्न यहाँ क्लिक गर्नुहाेस् : 'वंडर वुमन'

प्रकाशित: Dec 09, 2019| 06:39 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्