सोमबार, भदौ १, २०८३

कोहलपुर घटनाको विरोधमा नेविसंघ आन्दोलित

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस एकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं - बाँकेको कोहलपुरस्थित त्रिभुवन माविका विद्यार्थीमाथि आइतबार प्रहरीले गरेको ज्यादतीको विरोधमा कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।

सो क्रममा संघले सोमबार बिहान चाबहिलमा प्रदर्शन गरेको छ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस एकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका छन्।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल परिक्रमा गरी पशुपति क्याम्पसमै पुगेर समापन विद्यार्थी नेता सुशान्त तामाङले बताए।

आइतबार बिहान स्कुल जाँदै गरेकी बालिका प्रकृति चन्द ट्रकको ठक्करबाट घाइते भएपछि त्रिभुवन माविका विद्यार्थी आक्रोशित भएका थिए।

विवाद बढ्दै जाँदा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर केही विद्यार्थी घाइते भएका थिए । उक्त घटनाको सर्वत्र विरोध गरिएको छ।

प्रकाशित: Dec 09, 2019| 05:46 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।