सोमबार, फागुन २५, २०८२

भारतमा दैनिक संक्रमितको संख्या फेरि बढ्यो

भारतमा कोरोना भाइरसबाट नयाँ संक्रमिततज्ञको संख्यामा फेरि वृद्धि भएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

एएफपी

एएफपी

बिहीबार, भदौ १७, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँदिल्ली– भारतमा कोरोना भाइरसबाट नयाँ संक्रमिततज्ञको संख्यामा फेरि वृद्धि भएको छ। भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ संक्रमित थपिएका हुन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ। 

एउटै समयमा नयाँ संक्रममितको संख्याभन्दा संक्रमणणमुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमिततको संख्यासमेतमा वृद्धि भएको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या तीन लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोना  संक्रमणमुक्त भएका छन्। भारतमा पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या चार लाख ३९ हजार ५२९ पुगेको छ। 

प्रकाशित: Sep 02, 2021| 13:53 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।