सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण पूर्वी एसियाली मुलुकका आँखा विशेषज्ञ काठमाडौंमा

दक्षिण पूर्वी एसियाली मुलुकका आँखा विशेषज्ञ काठमाडौंमा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा विशेषज्ञहरुको बैठक नेपालमा बस्ने भएको छ। विश्व स्वास्थ्य संगठन, अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी र तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा बैठक हुन लागेको हो। आज (सोमबार)बाट काठमाडौंमा सुरु भई बिहीबारसम्म बैठक सञ्चालन हुनेछ।

बैठकमा दक्षिण पूर्वी एसिया क्षेत्रका करिब ४० जना आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुनेछन्। बैठकले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहुँच सबै जनतासमक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गर्ने बताइएको छ।

साथै डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नका साथै यस क्षेत्रमा राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुंगो लगाउने तालिका निर्धारण गरिने आयोजकले जनाएको छ। विश्वव्यापी आँखा स्वास्थ्य पहुँचको उद्देश्य हासिल गर्नका लागि विशेषज्ञहरुको बैठक बस्ने जनाइएको छ।

प्रकाशित: Dec 09, 2019| 05:06 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।