सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चितवनको पिठुवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

चितवनको पिठुवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ चितवनको रत्ननगर नगरपालिका वडा नं. १४ मा ४० औं शाखारहित बैंकिङ सेवाको सुरmवात गरेको छ ।

रत्ननगर नगरपालिकाका अध्यक्ष हरिकुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुतजङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले शाखारहित बैंकिङ सेवाको प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकले १२६ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: Dec 09, 2019| 04:49 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्