सोमबार, भदौ १, २०८३

नेकपा सचिवालय बैठक १ बजे, दाहाल निवासमा बढ्यो चहलपहल

पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा सभामुख चयन र संगठनात्मक कार्ययोजनामाथि छलफल हुने पार्टी उच्च स्रोतले जनाएको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं : नेकपा सचिवालय बैठक सोमबार १ बजे बस्दै छ।

पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा सभामुख चयन र संगठनात्मक कार्ययोजनामाथि छलफल हुने पार्टी उच्च स्रोतले जनाएको छ।

स्वास्थ्यलाभ गरिरहेका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली भने बैठकमा सहभागी हुने सम्भावना कम छ।

बैठकअघि अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँगको भेटघाट तीव्र पारेका छन्।

दाहाललाई भेट्न नेकपा वरिष्ठ नेता माधव नेपाल र वामदेव गौतम खुमलटार पुगेका थिए ।

नेता नेपाल र दाहालबीच कुराकानी भएपछि संगठन विभागका प्रमुख गौतम र उपप्रमुख जनार्दन शर्मा खुमलटार पुगेका थिए।

उनीहरूले अध्यक्ष दाहालसँग संगठनात्मक कार्ययोजनाबारे छलफल गरेका थिए। अध्यक्ष दाहालले आइतबार साँझ प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका थिए।

यौन दुव्र्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ।

अब सभामुख को बन्ने भन्नेमा नेकपामा छलफल हुन लागेको हो।

तीन महिनाभित्र सदस्यता नवीकरण गरिसक्ने, सदस्यता नवीकरण नगर्नेले नयाँ प्रक्रियाबाट सदस्यता लिनुपर्ने, प्रत्येक संगठित सदस्यले वर्षमा चार जना पार्टी सदस्य बनाउनुपर्ने, पार्टी कमिटीमा बस्ने हरेक व्यक्तिले स्कुल विभागको प्रशिक्षण लिनुपर्नेलगायतका कार्ययोजना संगठन विभागले पार्टी केन्द्रीय कार्यालयमा पेस गरेको थियो।

सचिवालयले कार्ययोजना पास गरेपछि कार्यान्वयनमा लैजाने नेकपाको तयारी छ।

प्रकाशित: Dec 09, 2019| 04:26 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।