सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, सुध्रिएन अवस्था

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, सुध्रिएन अवस्था

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनअनुसार
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ ।

दिवसका अवसरमा विभिन्न संघ संस्थाले कार्यक्रम गर्दैछन् । काठमाडौंमा विहान प्रभातफेरि निकालिएको थियो ।

संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।

सरकारले भ्रष्टाचार न्युनीकरणका लागि प्रतिबद्ध रहेको बताएपनि नेपालमा भ्रष्टाचार बढीरहेको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनअनुसार नेपालको अवस्था सुध्रिन सकेको छैन् ।

नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, अपराध अनुसन्धान ब्युरोलगायतका निकायले भ्रष्टाचार रोक्ने जिम्मेवारी पाएका छन् ।

तर, साधन स्रोत र कसिलो सरकारी रणनीति नहुँदा यस्ता संस्थाले सोचेअनुरुप काम गर्न सकेका छैनन् ।

प्रकाशित: Dec 09, 2019| 04:01 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।