आइतबार, जेठ ३, २०८३

विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अद्यावधिक गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न बाँकी रहेका स्थानीय तह र मातहतका विद्यालयलाई सूचित गरेको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

National life

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न बाँकी रहेका स्थानीय तह र मातहतका विद्यालयलाई सूचित गरेको छ।

केन्द्रले विद्यालयका विवरण अद्यावधिक गर्न बाँकी सबै विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीअन्तर्गतको एक्सलमा आधारित फाइलमा शैक्षिक सत्र २०७८ देखि यस प्रणालीमा भएको परिमार्जित ढाँचाअनुसार विवरण अद्यावधिक गरी नयाँ प्रणालीमा निर्धारित समयभित्रै केन्द्रको वेबसाइटमा अपलोड गर्नका लागि सूचित गरेको हो।

समयमा विवरण अद्यावधिक नगरिएका कारण प्राप्त हुने अनुदानबाट विद्यालय र सेवासुविधाबाट विद्यार्थी वञ्चित हुने अवस्था उत्पन्न भएमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक नै जिम्मेबार हुने भएकाले विद्यालयले मिति २०७८ भदौ मसान्तभित्र अनिवार्य रुपमा विवरण अद्यावधिक गरी अपलोड गर्न र यस कार्यलाई सहजीकरण गर्न स्थानीय तहलाई सूचित गरेको छ।


प्रकाशित: Sep 02, 2021| 13:35 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्