सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ।

मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बोलाइएको बताइएकाे छ। 

अस्पतालबाट फर्किएपछि प्रधानमन्त्री ओलीले सक्रियता बढाएका छन्। उनले सीमित व्यक्तिसँग भेटघाट थालेका छन्। यसक्रममा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतसँग भेटघाट गरेका छन्।

स्वास्थ्यमा समस्या आएपछि १४ दिनअघि मनमोहन भास्कुलर एन्ड कार्डियोलोजी ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस सल्यक्रिया गरिएको थियो। उनी त्यहाँबाट चार दिनअघि डिस्चार्ज भएका थिए।

प्रकाशित: Dec 09, 2019| 04:06 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।