सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अल्पसंख्यकलाई भारतीय नागरिकता दिने विधेयक संसदमा पेश हुँदै

अल्पसंख्यकलाई भारतीय नागरिकता दिने विधेयक संसदमा पेश हुँदै

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

नयाँदिल्ली– भारतको तल्लो सदन लोकसभामा आज (सोमबार) नागरिकता संशोधन विधेयक २०१९ पेश हुने भएको छ। भारतका गृहमन्त्री अमित शाहले पेश गर्ने विधेयकका लागि भारतीय जनता पार्टीले संसदमा उपस्थित हुन आफ्ना सांसदलाई व्हिप जारी गरेको छ।

National life

केन्द्रीय मन्त्रिमण्डलले विधेयक संसदमा लैजान स्वीकृति दिइसकेको छ। विपक्षीले विरोध गरिरहेकाले यो विधेयकका बारेमा भातरीय संसदमा निकै चर्को बहस हुने सम्भावना रहेको बताइएको छ।

विधेयकले बंगलादेश, अफगानिस्तान र पाकिस्तानका ६ अल्पसंख्यक समुदाय हिन्दू, बौद्ध, जैन, फारसी, इसाई र सिखसँग सम्बन्ध राख्ने मानिसलाई भारतीय नागरिकता दिने प्रस्ताव गरेको छ। मौजुदा कानुनअनुसार कुनै पनि व्यक्तिलाई भारतीय नागरिकता लिनको लागि कम्तिमा ११ वर्ष भारतमा रहनु अनिवार्य छ। यो विधेयकमा छिमेकी देशका अल्पसंख्यकका लागि समयावधि घटाएर ६ वर्ष बनाइएको छ।

विपक्षी पार्टीले यो विधेयकलाई मुसलमानको विरुद्धमा रहेको बताउँदै आएका छन्। भारतका पूर्वोत्तर राज्य असम, मेघालय, मणिपुर, मिजोरम, त्रिपुरा, नागाल्याण्ड र अरुणाचल प्रदेशमा यो विधेयकको विरोध भइरहेको छ।

यसो हुनुको कारण ती राज्यहरु बंगलादेशसँगको सीमामा नजिक हुनु रहेको बताइएको छ। अहिलेको सरकारले हिन्दू मतदातालाई आकर्षित गर्न नागरिकता संशोधन विधेयक ल्याउन खोजेको आरोप पनि विपक्षीको छ।

Laxmi sunrise bank
kumari

बीबीसी

प्रकाशित: Dec 09, 2019| 03:17 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।