सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव

राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव

निर्वाचन आयोगले राष्ट्रिय सभाको एक तिहाइ सदस्यको लागि आगामी माघ ७ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभाको एक तिहाइ सदस्यको लागि आगामी माघ ७ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएपछि त्यसअघि नै निर्वाचन गर्नेगरी आयोगले माघ ७ गतेलाई प्रस्ताव गरेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने व्यवस्था छ।

संघीय संसदले राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको व्यवस्था मिलाउन पत्राचार गरेपछि आयोगले प्रस्ताव पठाएको हो। आयोगले निर्वाचन प्रक्रियाको जानकारी राजनीतिक दल र सरकारलाई पठाउँदैछ।

राष्ट्रियसभाका पदावधि सकिने स्थानमा अर्को निर्वाचनका लागि आयोगले यसअघि राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ।

निर्वाचन आयोगले पठाएको प्रस्तावमा छलफल गरेर उपयुक्त ठहर गरेपछि निर्वाचनको मिति घोषणा भने सरकारले गर्नेछ।

राष्ट्रियसभामा रहेका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका १ जना र निर्वाचनबाट आएका १८ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। जसमध्ये राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिने छ।

त्यस्तै सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।

प्रकाशित: Dec 08, 2019| 14:23 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।