शुक्रबार, जेठ १, २०८३

नरसंहारको मुद्दा परेपछि हेग हिँडिन् सुकी

म्यानमारमा जातिय र धार्मिक हिंसाको आरोप खेपीरहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी अन्तर्राष्ट्रिय अदालत हेगका लागि प्रस्थान गरेकी छन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं- म्यानमारमा जातिय र धार्मिक हिंसाको आरोप खेपीरहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी अन्तर्राष्ट्रिय अदालत हेगका लागि प्रस्थान गरेकी छन्।

National life

अल्पसंख्यक रोहिन्ज्या मुस्लिम समुदायमाथि भएको अत्याचारमा सुकीको भूमिकालाई लिएर विश्वभरबाट उनको आलोचना हुँदै आएको थियो।

हिंसा रोक्न र अल्पसंख्यकहरुको सुरक्षामा ध्यान नदिएको भन्दै उनीविरुद्ध नेदरल्याण्डस्थित संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय अदालत हेगमा मुद्दा परेपछि उनी हेग प्रस्थान गरेकी हुन्।

सन् २०१७ मा म्यानमारमा अल्पसंख्यक रोहिन्ज्या समूदायमाथि रखाइन् प्रान्तमा त्यहाँका रैथाने बौद्ध धर्मावलम्बीले गरेको अत्याचारमा सरकारले रोहिन्ज्यालाई साथ दिनुको साटो उल्टो दमन गरेको थियो।

त्यसपछि त्यहाँबाट ठूलो संख्यामा रोहिन्ज्याहरु बंगलादेशलगायतमा शरण लिन पुगेका थिए।

संयुक्त राष्ट्र संघले उक्त घटनाको अनुसन्धान गरेपछि सरकार र सुकी दोषी रहेको प्रतिवेदन बुझाएको थियो।

उनीविरुद्धको मुद्दाको सुनुवाई आगामी १० देखि १२ डिसेम्बरसम्म हुनेछ।

सुकीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा परेको मुद्दामा बहस गर्न जाने भएपछि शनिबार उनको समर्थनमा म्यानमारको राजधानी नापितमा ठूलो प्रदर्शन गरिएको थियो।

प्रकाशित: Dec 08, 2019| 12:24 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।