सोमबार, भदौ १, २०८३

एमभी दुगड ग्रुपका विद्युत् आयोजनाको काम तीव्र गतिमा

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाइड्रोपावर प्रालिद्वारा निर्माणाधिन २९.४ मेगावाट क्षमताको लिखु–ए आयोजनाको २.५ किलोमिटरको सुरुङ्ग तथा सबै भूमिगत संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको छ । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठित औद्योगिक घराना एमभी दुगड ग्रुपद्वारा प्रवद्र्धित ३ वटा जलविद्युत् आयोजनाहरु निर्माणाधिन छन् ।

केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय प्रशासन, सरकारी र गैरसरकारी निकायहरु, स्थानीयको सहयोगमा २०७७ असारअगावै विद्युत् उत्पादन गरी उक्त विद्युत् देवीटारस्थित राष्ट्रिय प्रशारण लाइन न्यू खिम्ती विद्युत् सबस्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।

त्यस्तैगरी लिखु नदीमा एमभीदुगड ग्रुपद्वारा प्रवद्र्धित अन्य दुई जलविद्युत् आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु–२ र ७७ मेगावाट क्षमताको लिखु–१ आयोजनाको पनि दु्रत गतिमा निर्माण कार्य भइरहेको एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए । यसरी एमभी दुगड ग्रुपद्वारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको जडित क्षमता १५८ मेगावाट हुनेछ।

 

 

प्रकाशित: Dec 08, 2019| 11:58 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्