शनिबार, साउन २३, २०८३

महोत्तरीमा तीन सय क्षयरोगी फेला

महोत्तरीमा विगत दुई वर्षको अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका छन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

महोत्तरी- महोत्तरीमा विगत दुई वर्षको अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका छन्।

‘बिराट नेपाल मेडिकल ट्रष्ट’ले महोत्तरीमा विगत दुई वर्षसम्म सञ्चालन गरेको (इम्प्याक्ट टिबी) परियोजनाअन्तर्गत उक्त अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका ट्रष्टले आज आयोजना गरेको जिल्लास्तरीय समीक्षात्मक कार्यक्रममा जानकारी गराइएको छ।

ट्रष्टले इम्प्याक्ट टिबी परियोजनाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरेर समुदायमा रहेका क्षयरोग प्रभावित व्यक्तिलाई पहिचान गर्ने, सक्रिय रुपमा पत्ता लगाउने तथा उनीहरुलाई सही उपचार सेवा दिनाका साथै क्षयरोग रोकथामका लागि पनि थुप्रै प्रभावकारी क्रियाकलाप गरेको जानकारी दिएको छ।

सन् २०१७ जुनदेखि २०१९ जुनभित्र यस परियोजनाले १० नगरपालिका र पाँच गाउँपालिकामा क्षयरोगका लागि ‘सक्रिय खोजपड्ताल कार्यक्रम’ (एसिएफ) गर्ने क्रममा क्षयरोगका बिरामीको पहिचान भएको, उनीहरुको निःशुल्क उपचार गरिएको र थप व्यक्तिमा रोकथामको समेत कार्यक्रम गरिएको जनाइएको छ। रासस

प्रकाशित: Dec 08, 2019| 11:32 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्