सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो भोटेकोसीको परीक्षण उत्पादन सुरु, व्यावसायिक उत्पादन पुस पहिलो सातादेखि

माथिल्लो भोटेकोसीको परीक्षण उत्पादन सुरु, व्यावसायिक उत्पादन पुस पहिलो सातादेखि

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले परीक्षण उत्पादन थालेको छ । व्यावसायिक उत्पादन भने पुस पहिलो सातादेखि सुरु हुने आयोजनाले जनाएको छ ।

आयोजनाले २५ मेगावाटको हाराहारीमा बिजुली उत्पादन गरिरहेको छ । हिउँदमा भने भोटेकोसी नदीमा पानीको बहाव कम हुने हुँदा १७ मेगावाटमात्र उत्पादन हुनेछ ।

आयोजनाको ठेकेदार चीनको सिनो हाइड्रो कर्पोरेशन रहेको छ । भूकम्पमा क्षति पुगेपछि आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ । आयोजना बनाउन तारा म्यानेजमेन्टले ७ अर्ब रुपैयाँ थप लगानी गरेको छ । यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो भने क्षतिपछि २१ अर्ब पुगेको आयोजनाले बताएको छ ।

आयोजनाको बाँध, पेनस्टक पाइप, सुरुङलगायत सबै संरचना पहिलाको भन्दा बढी मजबुत बनाइएको आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक २९ करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

आयोजना नेपाल र चीनको सीमाना तातोपानी भन्सार नजिक छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली अमेरिकी डलरमा खरिद गर्नेछ ।

प्रकाशित: Dec 08, 2019| 10:37 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्