सोमबार, चैत २, २०८२

दिल्ली आगलागी : कारखाना सञ्चालक फरार

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

नयाँ दिल्ली– नयाँ दिल्लीमा आइतबार आगलागी भएको कारखानाका सञ्चालक फरार भएका छन् । नयाँदिल्लीस्थित अनाज मण्डीमा रहेको कारखानाका सञ्चालक सम्पर्क विहिन रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

National life

कारखाना सञ्चालकलाई फौजदारी अभियोग लाग्ने भारतीय कानुनमा व्यवस्था भएपनि उनी फरार रहेको प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीले फरार भएका कारखाना सञ्चालकको खोजी भइरहेको र घटनाका बारेमा विस्तृत अध्ययन अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले आइतबार राहतको घोषणा गरेका हुन् ।

Laxmi sunrise bank
kumari

सो रकम आगलागीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दिइने अधिकारीहरुले जानकारी दिएका छन् । उनले आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।

आइतबार विहान भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति दश लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

उनले घाइतेहरुलाई भने प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

राज्य सरकारले घटनाका बारेमा अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवदेन पेश गर्न एक हप्ताको समयसीमा सहित छानविन टोली पनि खटाएको छ ।

घटनाप्रति भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसले पनि दुःख व्यक्त गरेको छ । पार्टीकी महासचिव प्रियंका गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् ।

नयाँ दिल्लीको रानी झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एउटा कारखानामा आगलागी भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

आगलागी भएको ठाउँबाट झण्डै ६२ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरुको भनाइ छ । घाइतेहरुको नजिकैका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

रासस

प्रकाशित: Dec 08, 2019| 10:18 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।