काठमाडौं– एक साता लामो पश्चिम भ्रमणबाट काठमाडौं फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित लुम्बिनीको भ्रमण गरेका छन्। आइतबार उनी कसैलाई थाहा नदिई सपरिवार लुम्बिनी पुगेका हुन्।
पूर्वनिर्धारित कार्यक्रम नभएकाले अन्य ठाउँमा जस्तो भीडभाड लुम्बिनीमा थिएन। उनको साथमा परिवारका सदस्य, सुरक्षाकर्मीमात्र थिए ।
पूर्वराजा शाह लुम्बिनीको मायादेवी मन्दिरमा छोटो पूजामा सहभागी भएका थिए। मायादेवी मन्दिरभित्र उनी धुप बालेर उभिरहँदा एक भिक्षुले मन्त्र पढेका थिए।
भ्रमणका क्रममा पूर्वराजा शाहलाई भिक्षुहरुले खादा लगाएर स्वागत गरेका थिए। पूर्वराजा शाहले मायादेवी मन्दिर तथा अन्य स्थानहरुको रुचीपूर्वक अवलोकन गरे।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)