सोमबार, भदौ १, २०८३

सचिवालय बैठकका एजेन्डाबारे नेकपा नेताबीच छलफल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नेताहरूसँग सचिवालय बैठकका एजेन्डाबारे छलफल गरेका छन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकका एजेन्डाबारे आइतबार नेताहरूसँग छलफल गरेका छन्।

प्रचण्डनिवास खुमलटारमा भएको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल सहभागी थिए। 

नेता देवेन्द्र पौडेलका अनुसार सोमबार बोलाइएको सचिवालय बैठकको एजेन्डामाथि नेताहरूबीच सामान्य छलफल भएको थियो। यस्तै, नेकपाका विभिन्न विभागमा सदस्य नियुक्तिबारे छलफल भएको उनले बताए।

मंसिर ५ गते कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक बोलाउन थालेका छन्।

बैठकले स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक डाक्नेबारे निर्णय गर्ने बताइएको छ।

सत्तारूढ नेकपाको स्थायी समिति बैठक पुसयता बसेको छैन।

नेकपाको अन्तरिम विधानमा तीन–तीन महिनामा स्थायी समितिको बैठक बस्नु पर्ने प्रावधान छ।

गत वर्ष पुसपछि स्थायी समिति बैठक बस्न सकेको छैन।

प्रकाशित: Dec 08, 2019| 07:31 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।