सोमबार, भदौ १, २०८३

लमजुङमा बस दुर्घटना, एकको मृत्यु, चार घाइते

लमजुङमा आइतबार बिहान बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– लमजुङमा आइतबार बिहान बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन्।

बेंसीसहरबाट गोरखा जाँदै गरेको ग१ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका–७ पाउँदीमा दुर्घटना हुँदा ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। 

दुर्घटनामा परी घाइते ती महिलाको उपचारका क्रममा कर्मदा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस प्रहरी चेकपोस्ट नजिकैबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। 

दुर्घटनाका गम्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको बुझिएको छ। यस्तै, घाइते एक जना कर्मदा अस्पतालमा उपचारपछि घर फर्किएका छन्। अर्का एक घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा करिब १२ यात्रु थिए। बस चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडी छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ।

रोकेर राखेको बस एक्कासि गुडेर भीरबाट पाउँदी खोलामा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 08, 2019| 05:01 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।