सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात मन्त्रीको दाबी- अब लुम्बिनीमा धुलो उड्ने छैन

यातायात मन्त्रीको दाबी- अब लुम्बिनीमा धुलो उड्ने छैन

नयाँ वर्ष २०७७ शुरुहुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

भैरहवा- नयाँ बर्ष २०७७ शुरुहुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन्।

प्रेस संगठन रुपन्देहिले आईतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले भने, बुद्ध चोकदेखि लुम्बिनीसम्मको बाटो तत्काल बनाउन निर्देशन दिएका छौ । वैशाख महिना शुरु हुनुभन्दा अगाडि बाटोको काम सम्पन्न हुने हाम्रो विश्वास छ ।

लुम्बिनीलाई कुनै पनि कोणबाट समस्या नहोस् भनेर सरकार लागि परेको बताउँदै उनले बुद्ध चोकदेखि लुम्बनिसम्म १७ किलोमिटर तत्काल सरफेस लेन तयार गर्न निर्दैशन दिएको उनले जानकारी दिए । काममा आलटाल गरे कारबाही गरिनेसमेत उनले चेतावनी दिए ।

मन्त्री नेम्वांगले काम हुन नसकेका आयोजनाका बिषयमा पुनर्विचार गरिने पनि बताए । शुक्रबार गैडहवा गजेडि जोड्ने कन्चन नदिको पुल उद्घाटन गरेका मन्त्री नेम्वाङले रुपन्देहिमा निर्माणाधिन त्यस्ता पुल ३५ वटा पुल यसै बर्ष निर्माण सम्पन्न हुने दाबी गरे ।

उनले बेलहिया बुटवल चार लेन सडक चार महिना भित्र सक्न अन्तिम निर्देशन दिएको पनि बताए । सिद्धबाबा क्षेत्रमा सुरुग बनाउन डिपिआर निर्माण सम्पन्न गरिसकेको र अबको एक महिनाभित्र टेन्डर खुलाउने तयारि भईरहेको उनले जानकारी दिए ।

पत्रकार भेटघाटमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बुटवल पश्चिमको सडक बिस्तारको काम यसै बर्ष हुने दाबी गरे । उनले भैरहवा लुम्बिनी सडक खण्डमा निर्माणाधिन पुलमध्ये २ वटा पुल बन्न नसकेकोले ती पुलको ठेक्का तोड्ने तयारी भएको जानकारी दिए ।

उक्त सडक खण्डमा पप्पु बाग्मति जेभिले २०७५ असार २५ मा निर्माण सम्पन्न गर्नेगरि ०७१ सालमा ठेक्का पाएको थियो । सो पुलहरु निर्माणको काममा पुलको डिजाईनमा कुनै कमि नभएको बताए ।

मन्त्रालयका सचिब देबेन्द्र कार्किले यातयातमा सिन्डिकेट हट्नु ठुलो उपलब्धि भएको बताउदै यातयातलाई थप व्यवस्थित गर्नुपर्ने बताए । भाडा बढि लिएको पाइए तत्काल कारबाहि गर्नेसमेत चेतावनी दिए ।

प्रकाशित: Dec 08, 2019| 04:31 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।