सोमबार, भदौ १, २०८३

पाँच किलो चरेसहित मामा–भान्जी पक्राउ

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

रासस

प्रकाशित: Dec 08, 2019| 04:33 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।