सोमबार, चैत २, २०८२

चीनको विदेशी मुद्रा सञ्चिती ३१ खर्ब अमेरिकी डलर

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ ।

National life

शनिबार सार्वजनिक गरिएको सरकारी तथ्यांकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभाग (सेफ) का प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्तिको मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने बताए ।

विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकाँकमा वृद्धि भएको तथा प्रमुख अर्थतन्त्र भएका मुलुकको बन्डको मूल्यमा गिरावट आएको उनको भनाइ छ ।

बढ्दो बाहिरी अनिश्चितताका बाबजूद चीनको अर्थतन्त्र समग्रमा स्थिरता कायम राखेको तथा आर्थिक वृद्धि पनि स्थिर नै रहेको जानकारी दिँदै वाङले अन्तर्राष्ट्रिय भुक्तानी सन्तुलित रहेको तथा परिवत्र्य मुद्राको भण्डारण पनि अपेक्षित स्तरमा रहेको बताए । चीनले ल्याएको आर्थिक खुलापन र सुधारका कार्यहरुले नै चिनियाँ अर्थव्यवस्थालाई सन्तुलित र भरोसायोग्य बनाएको उनको प्रतिक्रिया छ ।

Laxmi sunrise bank
kumari

रासस

प्रकाशित: Dec 08, 2019| 04:21 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।