काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित झाँसी राेडनजिक भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ।
भारतीय समाचार संस्था एएनआईका अनुसार घटनास्थलबाट ६० जनाकाे उद्धार गरिएकाे दिल्ली प्रहरीले जनाएको छ।
कैयौं घाइते भएका छन् र उनीहरुलाई अस्पताल लगिएको छ। अझै कैयौं मानिस आगलागीमा फसेको भन्दै प्रहरीले उद्धार कार्य जारी राखेको छ।
गल्ली साँघुराे भएका कारण दमकल सहजै जान नसक्दा आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन्।