धरान– सुनसरीको इटहरी चोकमा रहेको सूर्य कम्प्लेक्समा आगलागी भएको छ।
इलाका प्रहरी कार्यालय, इटहरीका अनुसार शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको थियो।
सूर्य कम्प्लेक्सको पाँचौं तलाको बिग बार रेस्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो।
आगलागीको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ। रेस्टुरेन्ट सञ्चालक किरण बुढाथोकीको भने दुई करोड ५० लाख रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ।