सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सागमा नेपाललाई ९ स्वर्ण दिलाउने यि हुन् सुदूरपश्चिमेली खेलाडी

सागमा नेपाललाई ९ स्वर्ण दिलाउने यि हुन् सुदूरपश्चिमेली खेलाडी

खेलाडीहरु उत्पादनका लागि उर्वरभूमि मानिने सुदूरपश्चिमले जन्माएका ६ जना खेलाडीले जारी १३ औं सागमा शनिबारसम्म नेपाललाई महत्वपूर्ण सफलता दिलाएका छन्।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं – खेलाडीहरु उत्पादनका लागि उर्वरभूमि मानिने सुदूरपश्चिमले जन्माएका ६ जना खेलाडीले जारी १३ औं सागमा शनिबारसम्म नेपाललाई महत्वपूर्ण सफलता दिलाएका छन्।

च्याम्पियन दीपक विष्टदेखि अहिलेकी चर्चित कान्छि खेलाडी गौरीका सिंहलाई जन्म दिएको सुदूरपश्चिमले सागमा ७ जना खेलाडीले नेपाललाई ९ वटा स्वर्ण पदक जिताएका छन्।

किरणसिंह वोगटी

साग अन्तर्गत नेपाललाई ४२ औं स्वर्ण जिताउने खेलाडी हुन् किरणसिंह वोगटी। कैलालीका किरणसिंह बोगटीले पुरुषतर्फको म्याराथनमा स्वर्ण पदक जितेका हुन्। उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे।

गौरीका सिंह

तीन वर्ष अगाडि ब्राजीलमा भएको रियो ओलम्पिकमा नेपालबाट सात जना खेलाडीले सहभागिता जनाएकोमा सर्वत्र चर्चामा रहेकी थिइन् गौरीका सिंह। कारण थियो रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छि खेलाडी थिइन्। उनी डाक्टर पारस सिंह र गरीमा राणाकी सुपुत्री हुन्। पुख्र्यौली घर बझाङ रहेको गौरीकाको परिवार दशकौँदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्दै आएको छ। पछिल्लो समय परिवारसंगै लण्डन बस्दै आएकी गौरीका अहिले नेपालका लागि ‘किर्तिमानी जलपरी’ भएकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले दुई स्वर्ण जितेकी छिन्।

नेपाली पौडीवाज गौरीका सिंहले शुक्रबार महिलातर्फको दुई सय मिटर ‘व्याक स्ट्रोक’मा अर्को स्वर्णपदक जितेकी छन्। गौरीकाले २ मिनेट ४१.२६ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमानमा २४ सेकेन्डको सुधार गर्दै २ मिनेट १७ दशमलव ७३ सेकेन्डमा उक्त दूरी पार गरेकी थिइन्। गौरीकाले बिहीबार पनि पौडीको दुई सय मिटर सिंगल इभेन्टमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्। आठौं राष्ट्रिय खेलकुदमा उनले १२ स्वर्ण जित्दै किर्तीमान बनाएकी थिइन्।

आयशा शाक्य

कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टकी श्रीमती हुन् आयशा शाक्य। आयशाले १३ औं सागमा दुई स्वर्ण जितेकी छिन्। २९ वर्ष माथिको पुम्से (कला प्रदर्शनी) विधामा र संजिवकुमार ओझासँगको जोडी विधामा उनले स्वर्ण जितेकी हुन्।

गोपीचन्द्र पार्की

सागअन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले स्वर्णपदक हासिल गरे। उनी कैलालीको धनगढीका बासिन्दा हुन्। उनी सशस्त्र प्रहरीमा आवद्ध छन्। उनले निर्धारित दूरी १४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेका थिए।

हिमाल टमटा

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमटाले आफ्नो १५ वर्षको खेल जीवनमा सागमा पहिलो स्वर्ण चुमे। साथै उनले नयाँ इतिहाससमेत रचे। ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो।
भारतमा सम्पन्न १२ औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो। सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको थियो।

वीरबहादुर महरा

१२ औं सागमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका कञ्चनपुर कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महराले १३ औं सागमा भने स्वर्ण जित्न सफल भए। तेक्वान्दोको ६८ केजीमूनि तौल समूहमा उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले पराजित गरे।

संगीता धामी

कंचनपुरकी संगीता धामीले कुस्तीमा स्वर्ण पदक जितिन््। ५५ केजी तौल समूहमा शनिबार जनकपुरमा भएको खेलमा उनले बंगलादेशकी सकिरा रेनीलाई ४–१ ले पराजित गरिन्।

प्रकाशित: Dec 07, 2019| 11:31 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।