भैरहवा - साता व्यापी भ्रमणका लागि भैरहवा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण सम्पन्न भएको छ। शनिबार नवलपरासी र रुपन्देहीका विभिन्न स्थानमा पूजापाठ गर्दै पूर्वराजा ज्ञानेन्द्रले भ्रमण सम्पन्न गरेका हुन्।
उनले नवलपरासीको भगवती मन्दिर, रुपन्देहीको देवदह र कामधेनु गौधाममा पूजापाठ गरे। पूर्वराजा शाहले गौधाममा गाईलाई गुडसमेत खुवाए। भ्रमणका क्रममा पूर्वराजा शाहले रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासीका विभिन्न मन्दिरमा पूजापाठ गरेका थिए। सो क्रममा मन्दिरहरुको विकासका लागि उनले आर्थिक सहयोगसमेत गरे।
पूर्वराजा शाह आइतबार साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको शाहको सचिवालयले जनाएको छ।
तस्बिर : बीपी साह/नेपाल समय










