सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियासँग वार्ता गर्न अमेरिका र दक्षिण कोरिया सहमत

उत्तर कोरियासँग वार्ता गर्न अमेरिका र दक्षिण कोरिया सहमत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन्। शनिबार बिहान भएको फोन वार्तामा यस्तो सहमति भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन्। शनिबार बिहान भएको फोन वार्तामा यस्तो सहमति भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

National life

उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपको अवस्था झन खराब हुँदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ।

यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भए पनि त्यसो हुन नसकेको पाइएको छ।

यसैका कारण उत्तर कोरियासँगको वार्ता अवरुद्ध भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियामा झन बढी समस्या देखिएको बताएका थिए।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता को मिन जुनले वार्ता कोरियाली प्रायद्वीपको वर्तमान अवस्थाका बारेमा रहेको र त्यहाँको पछिल्लो अवस्था डरलाग्दो हुँदै गएकोले यसका लागि उत्तर कोरियासँग वार्ता गर्नुपर्नेमा राष्ट्रपतिद्वय सहमत भएका बताए।

प्रकाशित: Dec 07, 2019| 10:18 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।