सोमबार, भदौ १, २०८३

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ तिरतिरे धारामा शनिबार यात्रुवाहक बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं– बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ तिरतिरे धारामा शनिबार यात्रुवाहक बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा झापाको तोपगाछी–७ बस्ने ४२ वर्षीय खड्गनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। गाडीको ढोकामा उभिएर चुरोट पिउँदै गर्दा हात फुत्केर लडेको प्रहरीले जनाएको छ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना६ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

प्रकाशित: Dec 07, 2019| 10:22 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।