सोमबार, भदौ १, २०८३

युनाइटेड फाइनान्सका एकैसाथ ७ नयाँ शाखा

 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं– युनाइटेड फाइनान्स लिमिटेडले एकैसाथ भैरहवा, हेटौडा, निजगढ, बर्दिवास, जनकपुर, इटहरी तथा धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले गरे ।

अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न भएको थियो । यसका साथै फाइनान्सको शाखा संख्या पश्चिममा सुर्खेतदेखि पूर्वमा इलामसम्म २२ वटा पुगेको छ ।

युनाइटेड फाइनान्स पुँजी तथा शाखा संजालका हिसाबले देशको सबैभन्दा ठूलो फाइनान्स कम्पनी बन्न पुगेको छ । सेवा संचालनको २५ औं वर्षमा प्रवेश गरेको संस्थामा हालैमात्र भारतको प्रतिष्ठित मुत्थुट फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ ।

फाइनान्सले २०७६ असोज मसान्तसम्म करिब ६ अर्ब ७० करोड निक्षेप तथा ६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर तथा ७.५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

 

प्रकाशित: Dec 07, 2019| 10:04 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्