सोमबार, कात्तिक २, २०८३

आसुरी प्रवृत्ति बढ्यो : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आसुरी प्रवृत्ति बढिरहेकाले आफूले देश र जनताको कल्याणका लागि दैवी शक्तिको आराधना...
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

पाल्पा-पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आसुरी प्रवृत्ति बढिरहेकाले आफूले देश र जनताको कल्याणका लागि दैवी शक्तिको आराधना गरिरहेको बताएका छन् ।

उनले शुक्रबार पाल्पामा आयोजित कार्यक्रममा भने, ‘यो समय नै त्यस्तो छ। अलिकति आसुरीहको बाहुल्य भएको छ। त्यसैले फेरि दैवी शक्तिलाई आराधना गर्नुपर्ने समय आइरहेको छ।’

पूर्वराजा शाह केही दिनदेखि पश्चिम नेपालकाे भ्रमणमा छन्।

उनले अहिलेको अहिलेको परिस्थिति अप्ठ्यारो रहेको बताए । उनले भने, ‘अहिलेको परिस्थिति अलिक अप्ठ्यारो हो। सबैले महसुस गरेकै छन्। तर, आशाचाहिँ राखिछोड्नुपर्छ।’

उनले भित्री मनदेखि राष्टियता जगाउनुपर्ने धारणा राख्दै भने, ‘यो जगाउने काम सबै मिलेर गर्नुपर्छ। अहिले फुटाउने काम गर्नु हुँदैन।’

उनले जस्तोसुकै परिस्थिति भए पनि नेपालीहरु एक ढिक्का भएर बस्नुपर्नेमाजोड दिए। उनले भने, सबै नेपालीमा भाइचारा राख्नु पर्छ। म जहिल्यै त्यसका लागि प्रार्थना गर्छु।’

सोही क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार दोस्रो पटक भ्रमण गरेका छन्। पाल्पा दरबार नजिकैको भगवती मन्दिरमा पूजापाठसमेत गरेका छन्।

 

प्रकाशित: Dec 06, 2019| 10:11 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।