सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हैदराबाद बलात्कार–हत्याकाण्ड : चारजना अभियुक्त इन्काउन्टरमा मारिए

हैदराबाद बलात्कार–हत्याकाण्ड : चारजना अभियुक्त इन्काउन्टरमा मारिए

 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं। भारतको हैदराबादमा भएको बलात्कारपछि हत्याको घटनामा पक्राउ परेका चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। हैदराबाददेखि ५० किलोमिटर पर महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर भएको हो।

National life

तेलंगना प्रहरीका एडीजी जितेन्द्र नेका अनुसार शुक्रबार राति अभियुक्त इन्काउन्टरमा मारिएका हुन्। प्रहरी अधिकारीका अनुसार गएराति चारैजना अभियुक्तलाई महिला डाक्टरको जलेको शव भेटिएको ठाउँमा लगिएको थियो।

घटना कसरी भएको थियो भन्नेबारे बुझ्ने क्रममा उनीहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताइएको छ । सोहीक्रममा भएको मुठभेडमा उनीहरु मारिएका हुन्।

२८ नोभेम्बरमा हैदरावामा २६ वर्षीया डाक्टरको जलेको अवस्थामा शव भेटिएको थियो। मृतक डाक्टरको शव परीक्षण गर्दा बलात्कारपछि हत्या गरेर जलाएको थाहा भएको थियो। घटनापछि पक्राउ परेका चारै जना १४ दिनको न्यायिक हिरासतमा थिए।

एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 06, 2019| 03:17 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।