सोमबार, भदौ १, २०८३

होला त एक वर्षमा धरहराको मुख्य संरचना तयार?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताए।

'धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं', ज्ञवालीले भने, 'समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं।धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं।'

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा आंशका व्यक्त गरे। उनले भने, 'धरहरा निर्माण गर्ने कम्पन्नी क्षतिपूर्ति लिने दाउमा छ।अहिलेको तालले १० वर्षमा पनि बन्दैन। धरहरा बन्दै बन्दैन। मेरो आपत्ति छ।'

धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए। 'केहीले धरहरा पुनर्निर्माणको विरोध गरेका छन्। तर, धरहरा पुनर्निर्माणका लागि जनस्तरबाट पूर्ण सहयोग छ। जनताका कारण एक दिन पनि रोकिदैन',उनले भने।

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ। प्राधिकरणले धरहराको मूख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ।

समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समय अनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भएको बताए।

सांसदहरुले धरहरा पुनर्निर्माणलाई सम्पन्न गर्न अनुगमनलाई प्रभावकारी पार्न अनुरोध गरेका थिए।

धरहराको तीन तलाको ढलान भइसकेको छ।

प्रकाशित: Dec 05, 2019| 11:19 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।