मंगलबार, असार २३, २०८३

इन्डिया र इंग्ल्यान्डको निर्णायक टेस्ट आजबाट

इंग्ल्यान्डमा जारी इन्डिया–इंग्ल्यान्डको चार खेलको टेस्ट सिरिजअन्तर्गत चौथो तथा निर्णायक खेल आजबाट सुरु हुँदैछ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– इंग्ल्यान्डमा जारी इन्डिया–इंग्ल्यान्डको चार खेलको टेस्ट सिरिजअन्तर्गत चौथो तथा निर्णायक खेल आजबाट सुरु हुँदैछ।

इंग्ल्यान्डको ओभल रंगशालामा आज दिउँसो पौने चार बजेबाट सुरु हुने खेलले जारी सिरिजको विजेताको निर्क्यौल गर्नेछ।

यसअघिका तीन खेलबाट इन्डिया र घरेलु टिम इंग्ल्यान्डले समान १–१ जितको साथ बराबरी गरेका छन्। जसमा मौसम प्रतिकुल बनेपछि रिसिजको पहिलो टेस्ट खेल ड्र भएको थियो।

त्यसपछिका दोस्रो टेस्टमा इन्डियाले एक विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा घरेलु टिमले एक पारी र ७६ रनको सानदार जित निकालेको थियो।

यता इन्डिया पहिलो पारीमा ७८ रनमै अलआउट भएको थियो भने इंग्ल्यान्डले ४३२ रन बनाएको थियो। आजबाट सुरु हुने खेलमा जित निकाल्ने टिमले सिरज जित्नेछ।

प्रकाशित: Sep 02, 2021| 10:57 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।